नियम ५
छुट्टै नयाँ दल बनाउन सक्ने
(१) संघीय संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको महाधिवेशनबाट: निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यः वा त्यस्तो दलको सङ्घीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले एकैपटक" भन्ने शव्दहरु र सोही उपनियमको खण्ड (ग) मा रहेका "केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले ऐनको दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल बनाएमा त्यस्तो दल दर्ताको लागि देहाय बमोजिमका विवरण तथा कागजात सहित अनुसूची–५ बमोजिम आयोग समक्ष निवेदन दिनु पर्नेछ ः-
(क) दलको विधान, नियमावली तथा घोषणापत्र,
(ख) दलको झण्डा तथा चिन्ह (लोगो) को नमूना,
(ग) साविकको दलका महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको बीस प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले एकैपटक छुट्टै नयाँ दल बनाउन समर्थन गरी हस्ताक्षर गरेको अनुसूची–६ बमोजिमको समर्थनपत्र,
(घ) कम्तीमा एक्काइस सदस्य भएको केन्द्रीय समितिको व्यवस्था, र
(ङ) आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात ।
(२) उपनियम (१) बमोजिम पेश भएको निवेदनका सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गर्नेछ ः–
(क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको,
(ख) निवेदन र सो साथ संलग्न विवरण तथा कागजात पूरा भए वा नभएको,
(ग) छुट्टै दल दर्ताको लागि प्रचलित सङ्घीय कानूनले तोकेको शर्त पूरा गरे वा नगरेको ।
(३) आयोगले उपनियम (२) बमोजिम जाँच गर्दा दल दर्ताको लागि पेश भएको निवेदनसाथ संलग्न विवरण तथा कागजात स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पर्ने भएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित भनाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ ।
(४) आयोगले उपनियम (३) बमोजिम दिएको समयभित्र सम्बन्धित दलले थप विवरण, कागजात वा प्रमाण सहित आफ्नो भनाई लिखित रुपमा पेश गर्नु पर्नेछ ।
(५) आयोगले उपनियम (३) बमोजिमको छानबिनका सम्बन्धमा साविकको दलको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको बीस प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसदको संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यको एकैपटक समर्थन रहे नरहेको विषयमा समेत जाँचबुझ गर्न र आवश्यकता अनुसार त्यस्ता सदस्यहरुलाई आयोगमा उपस्थित राउन लगाई अनुसूची–७ बमोजिम सनाखत गराउन सक्नेछ । यसरी सनाखतको लागि आयोगमा उपस्थित गराउन तोकिएको मितिमा उपस्थित नहुने सदस्यलाई पछि सनाखत गराइने छैन ।
(६) उपनियम (१) बमोजिम सङ्घीय संसदको संसदीय दलको बीस प्रतिशत: वा सो भन्दा बढी सदस्यले छुट्टै दल बनाउन निवेदन दिएकोमा त्यसरी निवेदन दिने सदस्यहरु संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी रहे नरहेको. सम्बन्धमा आयोगले सङ्घीय संसद सचिवालयमा पत्राचार गरी बुझ्न सक्नेछ ।
(७) यस नियम बमोजिम जाँचबुझ गर्दा छुट्टै नयाँ दल दर्ता गर्न मनासिब देखिएमा त्यस्तो दललाई आयोगले दल दर्ताको लागि निवेदन परेको मितिले पैंतालीस दिन भित्र नयाँ दलको रुपमा दर्ता गर्नेछ र दल दर्ता गर्न नमिल्ने देखिएमा सोको जानकारी निवेदकलाई गराउनेछ ।
(७क) ऐनको दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनु भन्दा. तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भई अनुसूची-७क. बमोजिम सनाखत गर्नुपर्ने छ ।
(७ख) उपनियम (७क) बमोजिम सनाखत गरेको विवरण सम्बन्धित निर्वाचन कार्यालयले सात दिनभित्र आयोगमा पठाउनु पर्नेछ ।,br> (८) XXXXXX